कोरोना भाइरसः फ्रेन्च राष्ट्रपतिले पनि हात मिलाउन छाडे, नमस्कार गर्न थाले

काठमाडौं— कोरोना भाइरसले विश्वभर कहर मच्चाइरहेको छ । पछिल्लो समय बेलायतकी स्वास्थ्यमन्त्री पनि कोरोना भाइरस संक्रमित भएकी छिन् । योसँगै विश्वभर नयाँ ट्रेन्ड सुरु भएको छ– नमस्ते गर्ने । 

अहिलेसम्म १०९ देशभन्दा बढी देशमा फैलिइसकेको कोरोना भाइरसका हात मिलाउँदा संक्रमण बढ्ने खतरा बढ्दै गएको छ । त्यसैले मानिसहरुले नेपाली पद्धति नमस्ते गरेर एकअर्कालाई अभिभावदन गरिरहेका छन् । 

यसअघि इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले आफ्नो देशका नागरिकलाई नमस्ते गरेर एकअर्कालाई अभिवादन गर्न सल्लाह दिएका थिए । केहीअघि जर्मन चान्सलर एन्जेला मर्केलले पनि हात मिलाउन नपाएको समाचार आएको थियो । 

अब यही सूचीमा थपिएका छन्, फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोन । उनले पनि अब नमस्ते गरेर नै अभिवादन गर्ने फैसला गरेका छन् । भारतका लागि फ्रेन्च राजदूत इम्यानुएल लेनिनले ट्विट गरेर यो जानकारी दिएका हुन् ।





  • प्रकाशित मिति : फागुन २९, २०७६ बिहीबार ०:५४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया