गुल्मीमा जिप दुर्घटना, एकको मृत्यु दुईजना घाइते

गुल्मी– गुल्मीको चन्द्रकोट गाउँपालिका–८ मा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

दुर्घटनामा परी जिपका चालक धुर्कोट गाउँपालिका–६ का २४ वर्षीय मनीष जिसीको मृत्यु भएको हो । 

लु२च ७७५१ नम्बरको जिप बिहीबार दिउँसो चन्द्रकोट गाउँपालिका–८ को तुराङ मजुवामा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिपमा सवार चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय श्याम आचार्य र गुल्मीदवार गाउँपालिका वडा नम्बर २ निवासी ३० वर्षीय शिशिर गौतम गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते दुवैजनालाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि पाल्पा पठाइएको छ ।





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार १७:२३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया