कोरोनाभाइरसका कारण अहिले विश्व ठूलो समस्यामा छ । अनि विश्वका विभिन्न देशमा कलाकारहरुले पनि कोरोनाभाइरसविरुद्धको लडाईंमा सहयोग गरिरहेका छन् ।
भारतीय कलाकार पनि अपवाद छैनन् ।
अब आमिर खान पनि यही सूचीमा अटाएका छन् । अर्थात् उनले भारत सरकारलाई यो लडाईंमा सहयोग गरेका छन् ।
उनी आफैंले त सहयोगबारे केही बताएका छैनन् । तर, उनको संस्थाले केही फन्ड सरकारलाई ट्रान्सफर गरेको भारतीय मिडियामा समाचार छ ।
रिपोर्टहरुका अनुसार उनले भारतीय प्रधानमन्त्रीले बनाएको कोषमा पैसा दिएका छन् । तर, कति ? यसबारे चाहिँ उनले मुख खोलेका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।