लकडाउनको अवधिभरि ग्राहकको लाइन नकाट्न सेवा प्रदायकलाई सरकारको निर्देशन

काठमाडौं– सरकारले लकडाउनको अवधिभरि सेवा शुल्क तिर्न नसकेका इन्टरनेट ग्राहकको लाइन नकाट्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ ।

केही इन्टरनेट सेवाप्रदायकले समयमा महसुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको गुनासो नेपाल दूरसञ्चार प्राधिकरणमा पुगेपछि सरकारले यस्तो निर्देशन दिएको हो । 

प्राधिकरणले लकडाउनको अवधिमा इन्टरनेट सेवाको महसुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा सेवा अवरुद्ध हुँदा आममानिसमा त्यसको नकारात्मक असर पर्न जाने भएकोले सम्भव भएसम्म अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्न आग्रह गरेको छ ।

लकडाउनपश्चात् पनि विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउन दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गरेर सेवा प्रदायकलाई निर्देशन दिएको हो । 

लकडाउनका कारण उपभोक्ता सेवा शुल्क भुक्तानीका लागि जान सकेको छैनन् भने सेवाप्रदायकहरु समयमा शुल्क नउठ्दा भारतबाट खरिद गरेर ल्याएको इन्टरनेट शुल्क तिर्न समस्या भएको गुनासो गर्दै आएका छन् ।
 





  • प्रकाशित मिति : वैशाख ५, २०७७ शुक्रबार १७:१९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया