logo-img

ठगीको आरोपमा थाइल्यान्डमा रेष्टुराँ सञ्चालकलाई १,१४६ वर्षको जेल सजाय

एजेन्सी– थाइल्यान्डको एउटा अदालतले दुईजना रेष्टुराँ सञ्चालकलाई जनही १,१४६ वर्ष जेलसजाय सुनाएको छ । रेष्टुराँ सञ्चालकहरुमाथि ग्रहकलाई ठगेको आरोप छ । 

अनलाइनमार्फत पहिल्यै भुक्तानी लिएर पाँच करोड थाई भाटबराबरको आम्दानी गरेपछि माग पूरा गर्न नसक्ने भन्दै उक्त रेष्टुराँ बन्द भयो । रेष्टुराँ सञ्चालकमाथि हजारौँ मानिसलाई ठगेको आरोप छ । 

सयौँ मानिसको उजुरीका आधारमा प्रहरीले अपिचार्ट बोवोर्नबन्चरक र प्रापासोर्न बोवोर्नबन्चरक नाम गरेका दुई सञ्चालकलाई पक्राउ गरेर अदालतमा पुर्याएको थियो । ठगीको अभियोगमा बुधवार उनीहरू दोषी ठहर भए र अदालतबाट जनही १,१४६ वर्ष जेलसजाय पाएका हुन् ।  



अदालतले उनीहरूको कम्पनीका नाममा १८ लाख भाट जरिवाना तिर्न आदेश दिएको छ । एउटा थाई अदालतले ठगी गरेको अभियोगमा सन् २०१७ मा एकजनालाई १३ हजार वर्ष जेलसजाय सुनाएको थियो ।





  • प्रकाशित मिति : जेठ ३०, २०७७ शुक्रबार १८:८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया