रुकुम घटना : वडाध्यक्षसहित ३२ जनालाई जन्म कैद मुद्दा

रूकुम– पश्चिम रुकुमको चौरजहारीमा ६ जनाको हत्या भएको घटनामा ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा परेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरुमाथि मुद्दा चलाएको हो । 

चौरजहारी–८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाविरुद्ध तीनवटा कसुरमा मुद्दा दर्ता भएको छ । महान्यायाधीवक्ता कार्यालयका अनुसार उनीहरुमाथि ६ जनाको क्रुरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत आरोप छ । 

जाजरकोटका नवराज विक र उनका ५ जना साथीलाई  जेठ १० गते साँझ लखेट्दै भेरी नदीसम्म पुर्याएको र ज्यान जोगाउन नदीमा हामफालेका उनीहरुलाई ढुंगाले हानेर मारेको प्रहरीको निष्कर्ष छ । 

अभियुक्तहरूलाई जन्म कैदको माग गरिएको महान्यायाधीवक्ता कार्यालयले जनाएको छ । ३४ मध्ये २९ जना अभियुक्त पक्राउ परेका छन् भने पाँचजना फरार छन् । 

नवराजकी प्रेमिका भनिएकी किशोरी र उनकी आमालाई मतियारको आरोप लगाइएको छ । सो आरोप प्रमाणित भएमा उनीहरुलाई जन्म कैदको आधा सजाय हुन्छ ।





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार १९:३८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया