logo-img

पेसागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै पत्रकार महासंघको विरोध प्रदर्शन

काठमाडौं– नेपाल पत्रकार महासंघको आयोजनामा शुक्रबार राजधानीमा विरोध प्रदर्शन भएको छ ।  महासंघले पेसागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै विरोध प्रदर्शनीको आयोजना गरेको हो । 

लक डाउनको अवधिमा श्रमजीवी पत्रकारहरुलाई जागिरबाट निकाल्ने, बिना तलब विदामा राख्ने, पारिश्रमिक कटौती गर्ने समस्या देखिएको भन्दै राजधानीको बबरमहलमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा श्रमजीवी पत्रकार ऐन लागू गर्नुपर्ने, पेसागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्नेलगायत माग राखिएको थियो ।  

विभिन्न सञ्चारगृहमा पत्रकारलाई कार्यालयमा काम गर्ने वातावरण नदिने, जिम्मेवारीविहीन बनाउनेजस्ता समस्या देखिएकाले प्रदर्शन गरेको महासंघले जनाएको छ । पत्रकारको पेसागत सुरक्षाको ग्यारेण्टी नहुँदासम्म आन्दोलन जारी रहने महासंघका अध्यक्ष गोविन्द आचार्यको भनाइ छ । 



कुनै पनि ढंगले मिडिया मालिकसँग सम्झौता नगर्ने प्रतिबद्धता जाहेर गर्दै उनले अबको आन्दोलन श्रमजीवी पत्रकार ऐन लागू नभएका मिडियाहाउसमा केन्द्रित हुने उनले बताए । 





  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार १७:९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया