logo-img

दुई सञ्चारमाध्यमको कार्यालयमा पत्रकार महासंघको कालो ब्यानर

काठमाडौं– श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको माग गर्दै नेपाल पत्रकार महासंघले विरोधस्वरुप मंगलबार विभिन्न सञ्चारमाध्यममा कालो ब्यानर टाँसेको छ ।

समयमा कोभिड–१९ को बहाना बनाएर मिडिया हाउसहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने र तलब कट्टा गर्ने लगायतका गतिविधि गरेको भन्दै नेपाल पत्रकार महाङ्घले श्रमजीवी पत्रकारहरुको समस्या देखिएका दुई सञ्चारमाध्यमको कार्यालयमा कालो ब्यानर टाँसेर विरोध गरेको हो । 

नागरिक दैनिक र एपी वान टेलिभिजनको कार्यालयमा टाँगिएको ब्यानरमा  ‘श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर’ र ‘पत्रकारको पेसागत सुरक्षाको ग्यारेन्टी गर’लगायत नारा लेखिएको छ । 

महासङ्घले सञ्चार प्रतिष्ठानहरुमा कालो ब्यानर राख्ने, धर्ना दिनेजस्ता आन्दोलनका कार्यक्रम र उत्पन्न समस्या समाधान गर्न वार्ता तथा कानुनी उपचारको बाटो एकसाथ अवलम्बन गरेको छ ।
 





  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार १८:३५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया