logo-img

अयोध्याबारे ओलीको अभिव्यक्तिप्रति भाजपाको आपत्ति


‘राम नेपाली हुन् र अयोध्या वीरगन्जमा पर्छ’, भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति भारतीय जनता पार्टी (भाजपा)ले आपत्ति जनाएको छ ।

भारत सरकारको नेतृत्वकर्ता दल भाजपाले नेपालका प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको त्यहाँको पत्रिका टाइम्स अफ इण्डियाले छापेको छ ।

भाजपाका राष्ट्रिय प्रवक्ता डा. विजय सोनकर शास्त्रीले भारतका वामपन्थीहरुले समेत भारतीय जनताको आस्थामाथि खेलेको बताउँदै नेपालका कम्युनिस्ट पार्टीले पनि उस्तै व्यवहार रहेको बताएका छन् ।



ओलीको आलोचना गर्दै शास्त्रीले भनेका छन्, ‘भगवान् राम हाम्रो आस्थाको प्रतीक हुन् र यहाँका कसैले पनि आस्थामा खेलबाड गर्न दिँदैनन् । चाहे त्यो नेपालको प्रधानमन्त्री होस् वा अरु जो कोही !’

सोमबार भानुजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रम ओलीले रामको जन्म नेपालको अयोध्यापुरीमा भएको तर भारतले साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए ।





  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार ८:५२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया