रुकुम घटना छानविन समितिले बुझायो सभामुखलाई प्रतिवेदन, जातीय भेदभाव र छुवाछुतका कारण हत्याकाण्ड भएको निष्कर्ष

काठमाडौं– रुकुम पश्चिमको चौरजहारीमा भएको घटना छानविन गर्न बनेको संसदीय विशेष समितिले सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाएको छ । संसदीय छानविन समितिका संयोजक देवेन्द्र पौडेलले सभामुख सापकोटालाई प्रतिवेदन बुझाएका हुन् । 

छानबिन समितिले पश्चिम रुकुमको चौरजहारी हत्याकाण्ड जातीय भेदभाव र छुवाछुतका कारण भएको निष्कर्ष निकालेको छ ।  

रुकुम पश्चिमको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेस गर्न पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो । 

२०७७ जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकबाट समितिलाई कार्य प्रारम्भ भएको मितिले एक महिनाभित्र प्रतिवेदन बुझाउन म्याद दिइएको थियो । 





  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार १७:४६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया