पशुपतिका भट्ट हटाउन लागेको समाचार निराधारः क्षेत्र विकास कोष

काठमाडौं– विभिन्न सञ्चारमाध्यममा पशुपतिनाथका पुजारी भट्ट हटाउन लागेको भनेर आएका समाचार निराधार भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

प्रधानमनत्री केपी शर्मा ओलीले भगवान् रामका बारेमा दिएको विवादास्पद अभिव्यक्तिसँगै पछिल्ला केही दिनयता पशुपतिनाथमा रहेका भारतीय भट्ट पुजारी हटाउन लागेको समाचार केही सञ्चारमाध्यममा आएका थिए ।  

पशुपति क्षेत्र विकास कोषले बिहीबार एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सो समाचार निराधार भएको प्रस्ट पारेको हो । 

‘नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोष कसैको पनि यस खालको सोच नरहेको जानकारी गराउन चाहन्छौँ ।’ 

विज्ञप्तिमा नेपाल–भारतबीच सदियौँदेखि सुमधुर सम्बन्ध रहेको र त्यस्तो सुमधुर सम्बन्ध धुमिल पार्न कतिपय शक्ति लागिपरेको उल्लेख गरिएको छ । 





  • प्रकाशित मिति : साउन १, २०७७ बिहीबार १६:३१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया