पोर्चुगल तथा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो फुटबलमा धेरै कीर्तिमान बनाएका छन् । यसैबीच, उनले हालै आफ्ना नाममा नयाँ कीर्तिमान दर्ता गराएका छन् ।
इटालियन सिरी एअन्तर्गत गएराति लाजियोविरुद्ध दुई गोल गर्दै रोनाल्डो युरोपका तीन शीर्ष लिगमा ५० गोल गर्ने पहिलो खेलाडी बनेका हुन् ।
रोनाल्डोले युरोपका तीन शीर्ष लिग सिरी ए, ला– लिगा र प्रिमियर लिगमा ५० गोल पुरा गरेका हुन् ।
सन् २००३ मा इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेमा आबद्ध भएका रोनाल्डोले त्यहाँ ६ सिजन बिताएका थिए । सो बीचमा उनले १९६ खेलबाट ८५ गोल गरेका थिए ।
रोनाल्डो सन् २००९ मा स्पेनिस क्लब रियल म्याड्रिडमा आवद्ध भएका थिए । त्यहाँ उनले ९ सिजनमा रियलका लागि २९२ खेलमा ३११ गोल गरेका थिए ।
सन् २०१८ मा इटालियन क्लब युभेन्टस पुगेका रोनाल्डोले दोस्रो सिजनमा नै ५० गोल पूरा गरेका हुन् । रोनाल्डोले युभेन्टसका लागि ६१ खेलमा ५१ गेल गरेका छन् ।
त्यस्तै, रोनाल्डो सिरी एमा सर्वाधिक छिटो ५० गोल पूरा गर्ने खेलाडीसमेत बने । उनले एसी मिलानका एन्द्रेई शेभचेन्कोको रेकर्डलाई भङ्ग गरेका हुन् । शेभचेन्कोले १९९४–१९९५ को सिजनमा ६८ खेलमा ५० गोल गर्दै यो रेकर्ड कायम गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।