पत्रकार निकाल्ने सञ्चारगृहलाई कारबाही गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं– संसदीय समितिले पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कानुनअनुसार कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । संसदको विकास तथा प्रविधि समितिले श्रमजिवी ऐनविपरित कर्मचारी र पत्रकार निष्कासन गरेको भन्दै यस्तो निर्देशन दिएको हो । 

समिति सभापति कल्याणी कुमारी खड्काले बेतलबी विदामा राख्ने, तोकिएको पारिश्रमिक नदिने, सेवा सुविधा कटौती गर्नै, करार सम्झौता भंग गर्ने सञ्चारगृहलाई कारबाही गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिइन् । 

उनले भनिन्,‘श्रमजीवी पत्रकारसम्बन्धी ऐन २०५१ विपरीत काम हुन नदिन र भएको पाइए कानुनी कारबाही गर्न समिति नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई समितिले निर्देशन गर्छ ।’

समितिले कोभिड–१९ का वेला गरेको योगदानका आधारमा सञ्चारगृहलाई सहुलियत राहत र सुरक्षाको प्रबन्ध मिलाउन पनि निर्देशन दिएको छ । समितिले मंगलबार सञ्चारमन्त्री डा. युवराज खतिवडा र पत्रकार महासंघका पदाधिकारीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो । 





  • प्रकाशित मिति : साउन ६, २०७७ मंगलबार १८:५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया