चेल्सीको हारसँगै च्याम्पियन्स लिग होड रोमाञ्चक मोडमा

इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन्स लिगका लागि म्यानचेस्टर युनाइटेड ,चेल्सी र लेस्टर सिटीबीचको कडा प्रतिस्पर्धा अन्तिम खेलसम्म पनि जारी रहने भएको छ ।

लिगअन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित भएपछि र युनाइटेड बराबरीमा रोकिएपछि च्याम्पियन्स लिग होड रोमाञ्चक मोडमा पुगेको हो । 
चेल्सी लिग च्याम्पियन लिभरपुलसँग ५–३ पराजित भएको हो ।

लिभरपुलको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन नाबी केइटा, ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड, जर्जिन्हो विज्नल्डम, रोवर्टो फिर्मिनो र एलेक्स अक्सलेड चाम्बर्लिनले गोल गरेका थिए ।

त्यस्तै, पाहुना टोलीका लागि ओलिभर जिरुड, टमी अब्राहम तथा क्रिस्टियन पुलिसिचले १ –१ गोलको योगदान दिए ।

पराजयसँगै चेल्सी तेस्रो स्थानको युनाइटेडसँग ३ तथा पाँचौं स्थानको लेस्टरसँग ४ अंगको स्पष्ट अग्रता लिनबाट चुक्दै चौथो स्थानमा झरेको छ ।

यता घरेलु मैदानमा वेस्ट ह्यामसँग १–१ को बराबरीमा रोकिएको युनाइटेड तेस्रो स्थानमा उक्लिएता पनि उसले चौथो स्थानको चेल्सीसँग २ तथा पाँचौ स्थानको लेस्टरसँग ३ अंकको स्पाष्ट अग्रता बनाउन भने सकेन ।



घरेलु टोलीका लागि मासन ग्रिनउड तथा पाहुना टोलका लगि मिकेल एन्टोनियो गोल गरे । यो नतिजाले पाँचौ स्थानको लेस्टरलाई भने केही राहात मिलेको छ ।

हाल समान ३७ खेल खेलेका युनाइटेड र चेल्सीको समान ६३ अंक छ । युनाइटेड गोल अन्तरमा अगाडि रहँदै तेस्रो स्थानमा छ । लेस्टरको ६२ अंक छ ।



अब च्याम्पियन्स लिगको टुङ्गो आगामि आइतबार हुने आन्तिम चरणका खेलहरुबाट लाग्ने छ ।

अन्तिम खेलमा लेस्टर र युनाइटेडबीच खेल हुने हुँदा यी दुईमध्ये एकले मात्र च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना छ । घरेलु मैदानमा हुने खेलमा लेस्टरलाई केही सहज हुने देखिन्छ ।

यता चेल्सीले अन्तिम खेल घरेलु मैदानमा वल्भ्सविरुद्ध खेल्ने छ ।

घरेलु मैदानको मात्र नभएर अन्तिम खेलमा च्याम्पियन्स लिग दौडमा नै रहेका दुई टोलीबीच हुने प्रतिस्पर्धाले पनि चेल्सीलाई केही फाइदा पुग्ने देखिन्छ । 
अन्तिम खेलमा वल्भ्समाथि जित वा बराबरीले पनि चेल्सी च्याम्पियन्स लिगमा छनोट हुनेछ ।

पराजित भएको खण्डमा पनि लेस्टर र युनाइटेडबीचकोे खेलमा एकको जितले चेल्सीलाई च्याम्पियन्स लिगमा पु¥याउनेछ । तर, यी दुईबीच बराबरी भएको खण्डमा भने चेल्सी च्याम्पियन्स लिगमा पुग्नेछैन ।

  • प्रकाशित मिति : साउन ८, २०७७ बिहीबार ७:२७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया