logo-img

भियतनाममा तीन महिनापछि फेरि भेटिए कोरोना संक्रमित

भियतनाममा पछिल्ला दुई दिनमा कोरोनाभाइरस संक्रमित भेटिन थालेका छन् । पछिल्ला दुई दिनमा मात्र त्यहाँ ४ जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् । 

यसअघि पनि भियतनाममा कोरोनाभाइरस संक्रमित त भेटिएका थिए तर तीन महिना यता त्यहाँ एक जना पनि संक्रमित थपिएका थिएनन् ।

योसँगै भियतनाममा फेरि सामाजिक दूरी कायम राख्न नयाँ निर्देशन ल्याइएको छ । 



भियतनामका सरकारी मिडियाका अनुसार पछिल्ला चार दिनमा चीनबाट फर्किएका मानिसहरुमा कोरोनाभाइरस संक्रमण भेटिएको हो ।

भियतनाममा अहिलेसम्म कोभिड १९ का कारण कसैको पनि मृत्यु भएको छैन । यसको कारण चाहिँ त्यहाँ सरकारले लगाएका कडा नियम र व्यापक परीक्षण भएको बताइएको छ ।
 





  • प्रकाशित मिति : साउन ११, २०७७ आइतबार २०:८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया