बलिउड अभिनेत्री कंगना रनौट र निर्माता करण जौहरबीच अहिले पनि विवाद कायमै छ । विशेषगरि नेपोटिज्मबारे उनीहरुबीच विवाद सुरु भएको थियो ।
योसँगै कंगनाले अहिले पनि बारम्बार करणको आलोचना गरिरहेकी छिन् ।
पछिल्लो समय कंगनाले अभिनेता सुशान्त सिंह राजपूतको निधनमा बलिउडमा नेपोटिज्म नै कारक भएको बताउन थालेकी छिन् ।
यहीबीच उनको एउटा भिडियो अहिले निकै चलेको छ । भिडियोमा उनले भनेकी छिन्– करणले त आफ्नो कार्यक्रममा गेस्टलाई विष पिलाउँछन् । यो खासमा उनले रोहितको एक प्र्रश्नमा दिएको जवाफ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।