सरकारलाई गम्भीर बनाऔँ प्रमज्यू, तब सबैलाई गम्भीर बनाउन सकिन्छः कांग्रेस प्रवक्ता

काठमाडौं– प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कोरोनाविरुद्धको अभियानमा गम्भीर नभएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेताहरु गम्भीर नभएको भनेर गरेको टिप्पणीप्रति इंगित गर्दै शर्माले पहिले सरकार गम्भीर हुनुपर्ने अनि मात्रै सबैलाई गम्भीर बनाउन सकिने उल्लेख गरेका छन् ।  

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनस्वास्थ्य विज्ञसँगको छलफलमा प्रधानमन्त्री ओलीले आफनै पार्टीका नेताको आलोचना गरेका थिए । 

मंगलबारै ट्विट गर्दै शर्माले भनेका छन्, ‘प्रश्‍न, आरोप र मुद्दाभन्दा पर हुन्छ मान्छेको जिन्दगी । आउनोस् गम्भीर बनौं । सरकार, प्रतिपक्ष या निस्पक्ष जहाँ भए नि गम्भीर बनौं । उनले प्रधानमन्त्रीलाई मेन्सन गर्दै भनेका छन्, कोरोना संकटप्रति नेकपाकै साथीहरू गम्भीर छैनन् । सर्वप्रथम सरकारलाई गम्भीर बनाऔँ, प्रमज्यू, तब सबैलाई गम्भीर बनाउन सकिन्छ ।’ 





  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार १९:३६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया