logo-img

किसानले घाँस नचिन्दा करिब १ लाखका खसी गुमाए

मोरङ उर्लाबारी ९ भोटेपुलका कृषक टेकबहादुर कटुवालले नियमित जस्तै घाँस ल्याएर खसीलाई दिए । त्यही घाँस खसीको काल  बनेर आउँछ भन्ने कुरा उनी कसरी जानून् ? बेच्ने बेला भएका ५ वटा खसी घाँस खाएको एकैछिनमा मरे । उनी दु:खी हुँदै भन्छन्, ‘उपचारको व्यवस्था समेत गर्न भ्याइएन ।’ पाँचवटा खसी मर्दा करिब १ लाख रुपैयाँ नोक्सान भएको कटुवालले बताए । ‘सधैं जस्तो घाँस ल्याएको थिएँ, यो उल्टी झार खाएपछि यस्तो समस्या आउँछ, भन्ने थाहै भएन,’ उनले भने, ‘घाँस खाएपछि खसीको पेट फुलेको थियो, उपचार गर्न नभ्याउँदै भटाभट भरे ।’

उल्टी झारलाई विषालु झार मानिन्छ र यसको काँडा उल्टो हुन्छ । लज्जावती झार जस्तै देखिने झार दमकको हिमालय चिया बगान वरिपरि लगाइएको छ । चौपायाले चिया बगानमा नोक्सानी गरेपछि त्यसलाई रोक्न यो झार लगाइएको बताइएको छ । यो झार रतुवा र मावा खोला किनारमा पनि पाइने गरेको स्थानीयबासीले बताएका छन् ।

अचानक खसी मरेपछि स्थानीय युवा लोलिम पोमुले उर्लाबारी नगरपालिकामा खबर गरेका थिए । नगरपालिकाबाट कृषि शाखाबाट विष्णु भट्टराईसहितको टोली घटनास्थलमा पुगेको थियो । लक्षणहरुको अध्ययन गर्दा फुड पोइजनका कारण खसी मरेको र अन्य रोगका कारण घटना नभएको पाइएको भट्टराईले बताए।







  • प्रकाशित मिति : भदौ १३, २०७७ शनिबार १८:४३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया