पछिल्लो समय दैनिक रुपमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । आइतबार ४२९ जना संक्रमित भेटिएको उपत्यकामा सोमबार २९८ जनामा कोरोना भाइरस संक्रमित भेटिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४८१ संक्रमित थपिएका छन् ।
उपत्यकामा मंगलबार हालसम्मकै उच्च संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।
थपिएकामध्ये काठमाडौंका ३९३, ललितपुरका ५८ र भक्तपुरका ३० जना रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।