कोरोनामुक्त भए काठमाडौंका मेयर विद्यासुन्दर

गत १५ भदौमा कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा बसेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोनामुक्त भएका छन् । 

मेयर शाक्यको आइतबार नेगेटिभ रिपोर्ट आएको उनको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार उनी केही दिन घरैमा आराम गर्नेछन् र पुनः नियमित काममा फर्किनेछन् । 

मेयर शाक्य श्रीमती बिरामी भएपछि कोरोना परीक्षण गराउन जाँदा उनी आफैँलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनकी श्रीमतीको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो । 





  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार १८:५४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया