logo-img

थपिएका तीन मन्त्रीले लिए शपथ

बुधबारको मन्त्रिपरिषद हेरफेरका क्रममा थपिएका तीनजना मन्त्रीले शपथ लिएका छन् । बिहीबार बिहान राष्ट्रपति कार्यलय शीतल निवासमा एक समारोहका बीच मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

बिहीबार शपथ लिने तीन नयाँ मन्त्रीमा अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ र  महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठ रहेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्री नियुक्त गरेकी थिइन् । केही मन्त्रालयमा हेरफेर गरिएको थियो  ।



शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभामा सभामुख लगायतको उपस्थिति थियो। 





  • प्रकाशित मिति : असोज २९, २०७७ बिहीबार १२:२०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया