logo-img

आसुरी र भष्मासुरी प्रवृत्तिबाट सबैले उन्मुक्ति चाहेका छन् : पूर्वराजा ज्ञानेन्द्र
फाइल फोटो

पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले सबैले आसुरी र भष्मासुरी प्रवृत्तिबाट मुक्ति चाहेको बताएका छन् ।  विजयदशमीको उपलक्ष्यमा बिहीबार शुभकामना सन्देश दिँदै ज्ञानेन्द्रले सरकारको रवैयाले नेपाली जनता अभिभावकविहीन बन्न पुगेको दावी गरेका छन् । 

‘समाजमा अनेक अपराधिक गतिविधि र पिशाच प्रवृत्ति बढ्दो छ। यसले मानसिक तनावको परिस्थिति खडा गरेको छ’ शाहको शुभकामना सन्देशमा भनिएको छ, ‘त्यसैले सबैले बढ्दो आसुरी र भष्मासुरी प्रवृत्तिबाट उन्मुक्ति चाहेका छन्।’

आपसी समन्वय, सदभाव र सहकार्यलाई छाडेर व्यक्तिवाद, समूहवातर्फ उन्मुख हुँदा स्थिर, सुदृढ र सन्तोषजनक राष्टिय परिणाम प्राप्त हुन नसक्ने बताएका छन् । 

कोरोना संक्रमितको उपचारबाट सरकार पन्छिने सरकारको निर्णयमा आपत्ति जनाएका छन् । जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने यथार्थतालाई आत्मबोध हुनपर्ने उनले भनेका छन् । 

संकटको घडीमा अविभावकको क्षमता र हैसियत स्पष्ट हुने भन्दै उनले नेपाली जनता अविभावकविहीन टुहुरा बनेको दावी गरेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार २१:५८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया