logo-img

मध्य भियतनाममा पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु

मध्य भियतनामको क्वाङनाम प्रान्तमा बिहीबार पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको भियतनामको राज्य सञ्चालित समाचार संस्थाले समाचारमा जनाएको छ ।

नाम ट्रा जिल्लाको ट्रा भ्यान र ट्रा लेङ गाउँमा पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो ।

पहिरोमा परी दर्जनौँ व्यक्तिहरू हराएको प्रारम्भिक रिपोर्टमा जनाइएको भए पनि तर केही व्यक्ति भागेर सुरक्षितस्थलमा बसेको भेटिएको उद्धारकर्मीले जनाएका छन् ।



बेपत्ता रहेका भनिएका केही मानिसको खोजी जारी रहेको छ । 

प्रधानमन्त्री नुयेन सुवान फुकले उद्धारकार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

विशाल आँधी मोलावीका कारण मध्य क्षेत्रमा मुसलधारे वर्षा र हुरीपछि आएको बाढीपछि उक्त क्षेत्रमा पहिरो गएको हो ।





  • प्रकाशित मिति : कात्तिक १३, २०७७ बिहीबार १९:२३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया