अफगानिस्तानमा बन्दुकधारी आक्रमण, १० विद्यार्थीको मृत्यु

अफगानिस्तानको एक विश्वविद्यालयमा बन्दुकधारीले आक्रमण गर्दा १० जना विद्यार्थीको मृत्यु भएको छ ।

अलजजिराका अनुसार बन्दुकधारीहरुले काबुलमा रहेको विद्यालयमा विद्यार्थीहरुलाई नै लक्षित गरेर आक्रमण गरेका थिए । 

आक्रमणपछि त्यस क्षेत्रमा ठूलो विष्फोट भएको प्रत्यक्षदर्शीहले बताएका छन् । 

विद्यालयमा पुस्तक मेला चलिरहेको बेला सो आक्रमण भएको हो । आक्रमणमा अन्य धेरै घाइते भएको तर विवरण आउन बाँकी रहेको बताइएको छ ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७७ साेमबार २०:१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया