‘यसकारण बाइडेन बन्दैछन् अबका अमेरिकी राष्ट्रपति’

चार वर्षका लागि अमेरिकी राष्ट्रपति छान्न गरिएको अमेरिकी निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म आएका मतको आधारमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन इलेक्टोरल भोटमा अगाडि छन् । उनले पपुलर मतमा पनि आफूलाई अगाडि नै पाएका छन् । 

तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले यो निर्वाचनमा आफूले जितिसकेको दाबी गरेका छन् । ह्वाइटहाउसमा उनले यस्तो दाबी गरेपछि उनको व्यापक विरोध भएको छ ।

अब अमेरिकी राज्य पेनन्सिल्भानियाका डेमोक्रेटिक सिनेटर बब कासेले त्यहाँ बाइडेनले जित्नेमा आफू विश्वस्त भएको बताएका छन् । यो राज्यमा बाइडेनले जित्नु भनेको उनी अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना थप बलियो हुनु हो । 

यो राज्यमा बाइडेनले जित्ने र मिसिगन र विस्कोन्सिनमा पनि उनले जित्ने सम्भावना बढी भएको उनले बताएका छन् । सिएनएनमा आएको समाचारअनुसार यी ठाउँहरुमा बाइडेनले जित्नु भनेको अबका चार वर्ष उनी अमेरिकी राष्ट्रपति निर्वाचित हुनु हो ।

सन् २०१६ मा चाहिँ यी तिनै राज्यमा डोनाल्ड ट्रम्पले जितेका थिए । 





  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार १३:३९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया