अमिताभ बच्चन र सोनी टिभीमाथि कारबाहीको माग, हिन्दु भावनामा चोट पुर्याएको आरोप

सोनी इन्टरटेनमेन्ट टिभीबाट प्रसारण हुने कार्यक्रम ‘कौन बनेगा करोडपति’मा सोधिएको प्रश्नलाई लिएर सो कार्यक्रमका सञ्चालक अमिताभ बच्चन र टिभी च्यानलमाथि कारबाहीको माग गरिएको छ । 

अमिताभ बच्चनमाथि हिन्दू भावनामा चोट पुग्ने प्रश्न गरेको आरोप छ । महाराष्ट्रका बिजेपी नेता अभिमन्यु पावरले अमिताभ र सोनी इन्टरटेनमेन्ट टिभीविरुद्ध प्रहरीमा उजुरी दिएका हुन् । 

शुक्रवारको कर्मवीर स्पेसलमा सोधिएको प्रश्नलाई आधार बनाउँदै बिजेपी नेताले सो प्रश्नले हिन्दु र बौद्ध धर्मालम्बीका बीचमा कलह पैदा गर्ने उल्लेख गरेका छन् । 

सामाजिक अभियान्ता वेजवाडा विल्सन र अभिनेता अनूप सोनी हट सिटमा रहेका बेला अभिताभले प्रश्न सोधेका थिए–  २५ डिसेम्बर १९२७ को डा. बिआर बम्बेडकर र उनका अनुयायीले कुन ग्रन्थ जलाएका थिए ? 

सो प्रश्नको उत्तरका चार विकल्प थिए– ए. विष्णु पुराण, बी. भागवत् गीता सी. ऋग्वेद र डी. मनुस्मृति 

उक्त प्रश्न ६ लाख ४० हजार रुपैयाँ जित्नका लागि सोधिएको थियो ।
 





  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार २०:४३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया