जुम्ला सहायक प्रजिअलाई कोरोना, अत्यावश्यकबाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटालाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएपछि प्रशासनका अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । 

बुधबार प्रशासनले एक सूचना जारी गर्दै मंसिर १८ गते देखि २० गतेसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको जानकारी दिएको छ । 

‘संक्रमणको जोखिमलाई ध्यानमा राखेर प्रशासनको सेवा बन्द गरिएको हो,’ जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले भने, ‘अन्य कर्मचारीको कन्ट्र्याक ट्रेसिङ गरिसकेपछि मात्र कार्यालयको नियमित काम सुरु गर्नेछौँ ।’





  • प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार १९:४१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया