logo-img

नम्रता श्रेष्ठ भइन् मिस नेपाल २०२०

नेपालमा सौन्दर्य प्रतियोगिता मिस नेपालको यस वर्षको टाइटल नम्रता श्रेष्ठले जितेकी छिन् । 

उनले प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई पछाडि पार्दै यो टाइटल हात पारेकी हुन् । उनले मिस नेपाल वल्र्डको ताज पहिरिएकी हुन् ।
 

किन्डरगार्टेन शिक्षिका रहेकी नम्रता अन्तिम ६ प्रतिस्पर्धीलाई एउटा प्रश्नमा पछाडि पार्दै मिस नेपालको टाइटल हात पारेकी हुन् । प्रतियोगितामा अन्तिम राउन्डमा कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहनुहुन्छ भनेर प्रश्न सोधिएको थियो । 

छोरीलाई शिक्षा दिने र दाइजो प्रथा हटाउन आफू लाग्ने नम्रताले जवाफ दिएकी थिइन् ।

त्यस्तै, मिस नेपाल अर्थको उपाधि यस वर्ष सुप्रिया श्रेष्ठले जितेकी छिन् । मिस नेपाल इन्टरनेसनलमा चाहिँ सन्ध्या शर्मा विजयी भएकी छिन् । 





  • प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार १९:२६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया