नेकपा सचिवालय बैठकः वामदेवले ओलीलाई भने– सूर्य थापालाई हटाउनू

विवादको उत्कर्षमा रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार बालुवाटारमा भएको बैठकमा पार्टीका विभिन्न विषयमा छलफल भएको छ । 

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागी होलान् या नहोलान् भन्ने अन्योलबीच आज बैठक भएको हो । बैठकअगाडि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच वान टु वान भेटवार्ता भएको थियो । 

बैठकमा यो भेटवार्ताको विषयमा खासै चर्चा भएन । तर, बैठकमा उपस्थित सचिवालयका सदस्यहरुले बैठकमा ओलीको चर्को आलोचना गरेका थिए । 

नेकपा उपाध्यक्ष वामदेव गौतमले त प्रधानमन्त्री ओलीलाई आफ्ना प्रेस सल्लाहकार हटाउन समेत अनुरोध गरे । ‘सूर्य थापाले भित्रभित्रै सकाइदिएको छ,’ बैठकमा उपस्थित एक सचिवालय सदस्यले फरकधारसँग गौतमको बोलीलाई उद्धृत गरे, ‘तपाईंले अहिले नै प्रेस सल्लाहकारबाट सूर्य थापालाई नहटाउने हो भने भोलिका दिन राम्रा छैनन् ।’

गौतमले ओलीलाई थापाले प्रेस सल्लाहकार भएकै कारण अहिले सामाजिक सन्जाल तथा विभिन्न मिडियामा अनावश्यक रुपमा टिप्पणी गरेको बताएका हुन् ।





  • प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार २०:४०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया