logo-img

पूर्वपत्नी लक्षित मनोज गजुरेलको टिप्पणीः न्यायका लागि कानुनी रुपमा खुट्टा उचाल्दैछु

तीन वर्षअघि सम्बन्धविच्छेद भए पनि आफूविरुद्ध विभिन्न सन्चारमाध्यम तथा विभिन्न माध्यमबाट बारम्बार आरोप लगाएको भन्दै हास्यकलाकार मनोज गजुरेलले पूर्वपत्नीविरुद्ध कानुनी लडाइँ लड्ने तयारी गरेका छन् । 

फेरि विवाह बन्धनमा बाँधिने तयारी गरेका गजुरेलले सोमबार अबेर साँझ सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै यो बताएका हुन् । 

उनले आफ्नो स्टाटसमा तीन वर्षअघि कानुनी रुपमा आआफ्नो बाटो लागिसकेपछि पनि अर्को पक्षबाट विभिन्न माध्यमबाट आफूलाई गाली बेइजजती गर्ने क्रम नरोकिएको स्टाटसमा लेखेका छन् । 



‘एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन रहेँ,’ उनले लेखेका छन्, ‘तर, यो गाली बेइज्जती, अनावश्यक तनावको श्रृङ्खला बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो ।’

उनले आफ्नो सम्बन्ध सकिए पनि पछिल्ला गतिविधिका कारण आफ्ना छोराछोरीमाथि धेरै ठूलो असर परेको आफूलाई महसुस भएको बताएका छन् । 

‘मेरो चरित्रमाथि खेलवाड भएको ठान्दैछु,’ गजुरेलले लेखेका छन्, ‘सहनुको सीमा कटेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुङ्गोमा पुगेको छु ।’



कोरोनाभाइरस जितेर अस्पतालबाट डिस्चार्ज भएको केही दिनमा नै मनोजले आफूले फेरि विवाह गर्न लागेको बताएका थिए । 



  • प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार ४:४३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया