logo-img

महालक्ष्मी विकास बैंकका शाखा प्रमुखससहित बैंकिङ कसुरमा ६ पक्राउ

प्रहरीले महालक्ष्मी विकास बैंकका शाखा प्रमुख सहति ६ जनालाई बैंकिङ कसुर अभियोगमा नियन्त्रणमा लिएको छ। 

केन्द्रीय अनुसन्धान व्यूरो ( सिआइबी)को टोलीले उपत्यकाभित्रका बिभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बैकका शाखा प्रमुखहरु मोरङको विराटनगर घर भएका अनिस सिंह सिजापती, पोखरा महानगरपालिका घर भएकी पिंकु पालिखे र स्मृती राना रहेका छन्। 

त्यस्तै ऋणीहरुमा खोटाङ साकेला गाउँपालिका वडा नम्वर २ घर भएका पुर्ण राई,देवानन्द राई र धनकुटाका सन्दिप लिम्बु रहेको प्रहरीले जानकारी दिएको छ।

बैंकका कर्मचारीसँग मिलेर उनीहरुले कम तौलका सुनका गर गहनालाई बढी तौलको देखाई अत्याधिक मूल्यांकन गरि बढी ऋण  लिएको प्रहरीको अनुसन्धानमा देखिएको छ।  सात करोड बयालिस लाख एकसठ्ठि हजार सात सय त्रिचालिस रुपैयाँको बैंकिङ कसुर भएको देखिएको छ।





  • प्रकाशित मिति : पुस ५, २०७७ आइतबार २३:१९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया