logo-img

सिलगढी–चारआली पेट्रोलियम पाइपलाइनको काम सुरु
फाइल फोटो

सिलगढी–चारआली पेट्रोलियम पाइपलाइनको काम अघि बढाइएको छ । चारआलीमा २३ बिघा क्षेत्रफलमा ४० हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारणका लागि संरचना निर्माणको काम सुरु भएसँगै पाइपलाइनको काम अघि बढेको हो ।

आयल निगमले खरीद गरेको जग्गामा भण्डारण गृह निर्माण प्रक्रिया सुरु भएको बताइएको छ । उक्त भण्डारणमा १२ हजार ५० किलोलिटर पेट्रोल, २८ हजार ५० किलोलिटर डिजेल, ४ सय किलोलिटर मट्टितेल र एक हजार २५० किलोलिटर हवाई इन्धन भण्डारण गर्न मिल्ने गरी डिपो निर्माण हुने निगमको भनाइ छ । 

पाइपलाइन बिछयाउने काम भने आगामी फागुनबाट सुरु हुने बताइएको छ । ५० किलोमिटर पाइपलाइनको काम शुरु गर्न सोमवार रुट पहिचान (सर्भे) सकिएको छ ।

करीब रू. १० अर्बको लागतमा तीन वर्षभित्र सम्पन्न हुने यस परियोजना दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन हो । पाइपलाइनको लागत खर्च आ–आफ्नो सीमाभित्र सम्बन्धित देशले नै व्यहोर्ने बताइएको छ । 

सर्भे अनुसार पाइपलाइन भारतको सिलगढीबाट पानीट्याङ्कीको दक्षिण भेग हुँदै नेपाल–भारत सीमा मेची खोलामुनिबाट नेपाल प्रवेश हुनेछ । पाइपलाइन नेपालतर्फ १५ किलोमिटर र भारततर्फ ३५ किलोमिटर रहेको छ । 





  • प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार १४:३८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया