logo-img

हल खुल्दा पोखियो केकीको भावुकता
फाइल तस्बिर

नौ महिना लामो बन्दपछि सिनेमा हल खुल्दै गर्दा अभिनेत्री केकी अधिकारीले आफू भावुक भएको उल्लेख गरेकी छन् । उनले लामो समय आफ्नो आयस्रोत र ज्ञानको भण्डार बन्द हुँदा आफ्नो जीवनको रंग नै पिक्का भएको भन्दै जीवनका रंगहरु पुनः उसै गरी फर्किने कुरामा विश्वस्त रहेको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् । 

उनले यो नौ महिना आफूले दर्शकहरुसँगको सामिप्यता गुमाउँदा जीवनबाट थुप्रै कुरा गुमेको बताएकी छन् । यो समयमा आफूले विशाल पर्दामा आफ्नो नजर केन्द्रित गरेर कुनै पल सयौँ दर्शकहरुसँगै हाँस्न त कहिले दृश्यमा डुबेर स्तब्ध भई आँशु झारेर रुने अवसर गुमाएको उल्लेख गरेकी छन् । लामो समयपछि पुनः त्यो अवसर मिल्न लागेको भन्दै केकी भन्छिन्, ‘सुरक्षित र सजग भई स्वास्थ्य सावधानी अपनाई आउनुहोस् यो क्षेत्रलाई पुनर्जीवन दिउँ ।’

उनले आजबाट पुनः प्रदर्शनमा आएका २ नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’लाई आफूले सकेको सहयोग गर्न सबैलाई आग्रह गरेकी छन् ।







  • प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार १४:८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया