logo-img

विद्युत् प्राधिकरणको स्पष्टीकरण : लोडसेडिङ गर्नुपर्ने जरूरी छैन

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्य भइसकेको अवस्थामा फेरि दोहोर्‍याउनुपर्ने आवश्यकता नरहेको बताएको छ। प्राधिकरणले फेरि लोडसेडिङ गर्नुपर्ने आवश्यकता नरहेको जनाउँदै विज्ञप्ति  निकालेको छ।

केही सातायता अघोषित लोडसेडिङ सुरु भएको भन्दै चर्को आलोचना भइरहेका बेला प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने जरुरी नरहेको स्पष्टीकरण दिएको हो।

संघीय राजधानी काठमाडौंमा साँझको समयमा झ्याप्प झ्याप्प बत्ती जान थालेपछि कुलमान घिसिङको अभावका कारण अघोषित लोडसेडिङ गरिको भएको भन्दै प्राधिकरणको आलोचना भइरहेको छ। 

प्राधिकरणले विभिन्‍न कारणले विद्युतका पोल सार्न, ट्रान्सफर्मर प्रतिस्थापन, वितरण प्रणालीका पुराना संरचनाहरु मर्मत सम्भार, परिवर्तन गर्दा यस्तो भएको जनाएको छ।

त्यसैगरी यस्ता कामले विद्युत प्रवाह भइरहेका संरचनाहरुमा आउने प्राकृतिक वा आकस्मिक समस्याको समाधानका क्रममा केही ठाउँमा विद्युत कटौती गरेर तत्कालै मर्मत गरिएको पनि प्राधिकरणले उल्लेख गरेको छ।





  • प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार १७:२९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया