logo-img

वैशाखमा चुनाव एक हुन्न, दुई हुन्न, तीन हुन्नः रामनारायण बिडारी

राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले लहड र मुख्र्याइँका कारण प्रतिनिधि सभा विघटन भएको बताएका छन् । 

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै बिडारीले संसदमा अविश्वासको प्रस्ताव ल्याउने अधिकार भएको बताएका छन् । ‘विवाद पार्टीमा भयो,’ उनले भने, ‘प्रधानमन्त्रीले प्रहार जनतालाई गर्ने ? प्रहार संसदलाई गर्ने ?’

उनले प्रधानमन्त्री ओलीले जनतादेशको कुरा गर्नु पनि उचित नभएको बताएका छन् । 



उनले भनेका छन्, ‘यो देश भनेको संवैधानिक सर्वोच्चता भएको देश हो ।’ बिडारीले वैशाखमा कुनै पनि हालतमा चुनाव नहुने बताएका छन् । ‘वैशाखमा एक हुन्न, दुई हुन्न, तीन हुन्न,’ उनले भने, ‘चुनाव कदापि हुँदैन ।’

बिडारीले बेलायत, क्यानडा, पोर्चुगल, फ्रान्स लगायतका देशको उदाहरण दिँदै संसद विघटन संविधान विरोधी भएको बताए ।





  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार १४:३०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया