जब अमिताभले पहिलो पटक देखे बाबुको आँखामा आँसु

बलिउड अभिनेता अमिताभ बच्चन सामाजिक सन्जालमा निकै सक्रिय छन् । उनले प्रशंसकसँग सामाजिक सन्जालमार्फत् कुराकानी गर्ने मात्र होइन, पछिल्लो समय आफ्ना पुराना यादहरु पनि सेयर गरिरहेका छन् ।

यहीबीच अमिताभको ट्विटरमा ४५ मिलियन फलोअर्स पुगेका छन् । 

यही खुसियालीमा अमिताभले एउटा पुरानो सम्झना सेयर गरेका छन् । यो सम्झना हो, फिल्म कुलीको सुटिङको समयमा भएको दुर्घटना । 

अमिताभले यो घटनापछि अस्पतालबाट फर्किँदा आफ्ना बाबु हरिवंश राय बच्चनको आँखामा आँसु देखेको बताएका छन् । ‘यो नै पहिलो पटक थियो मैले मेरो बाबुको आँखामा आँसु देखेको,’ अमिताभले भनेका छन्, ‘अभिषेक पनि त्यति बेला चिन्तित थियो ।’





  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार २२:५५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया