नेपाल एकीकरणमा पृथ्वीनारायणको योगदान अतुलनीय : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र एकीकरणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको बताएका छन्। 

२९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सोमबार सामाजिक सञ्जालमा आफ्ना भनाइ राख्दै ओलीले यस्तो बताएका हुन्। 

'नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ', उनले भनेका छन्, 'आज उहाँको २९९ औं जन्मजयन्तीको अवसरमा उक्त विशिष्ठ योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्दछु।'

करिब ३०० वर्षअघि बाइसे, चौबीसे राज्यहरुमा विभाजित थियो नेपाल। हालको गोर्खामा रहेको राजपरिवारमा जन्मिएका पृथ्वी नारायण शाहले आधुनिक नेपालको सपना देख्दै विशाल नेपाल निर्माण गरेका थिए।

देशमा गणतन्त्र आएसँगै उनको सम्झनामा सरकारले औपचारिकरुपमा कार्यक्रम गर्न छाडेको छ। सरकाले सार्वजनिक बिदासमेत कटौती गरेको छ। तर राजावादीहरुले यो दिन विविध कार्यक्रम गरेर एकता दिवस र पृथ्वी जयन्ती मनाउने गरेका छन्। 





  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १५:१२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया