बेलायतबाट फैलिएको कोरोनाको नयाँ प्रजाति नेपालमा पनि भेटियो

काठमाडौं : बेलायतबाट फैलिएको कोराना भाइरसको नयाँ प्रजाति नेपालमा पनि भेटिएको छ। केही दिन अघि बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रजातिको भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ३२ वर्षीय र ६७ वर्षीय पुरुषमा कोरोनाको नयाँ प्रजाति पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार कोरोनाको नयाँ प्रजातिको उद्गमस्थल बेलायतबाट केही दिनअघि फर्किएकालाई निगरानीमा राखी नुमना परीक्षण गर्न पठाइएको थियो। जसमध्ये ३ वटा नमुना नेगेटिभ देखिएपछि नयाँ प्रजातिको संक्रमण पुष्टि गर्न पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशाला पठाइएको थियो ।

प्रवक्ता गौतमले प्रयोगशालाबाट ३ जनामा नयाँ प्रजातिको संक्रमण भएको पुष्टि भएको जानकारी आजै प्राप्त भएको जानकारी दिए। संक्रमण पुष्टि भएका तीन जनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आइसकेको छ। तर ६७ वर्षीय पुरुष पोजेटिभ नै रहे पनि लक्षण नदेखिएको प्रवक्ता गौतमले बताए। 

उनले नेपालमा भ्याक्सिन उपलब्ध नहुञ्जेल उच्च सावधानी अपनाउन आग्रह गरे। सकेसम्म भीडमा नजाने, जानुपरे पनि दुई मिटरको दूरी कायम राख्ने, बाहिर जाँदा अनिवार्य मास्क लगाउने र साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न उनले सुझाव दिएका छन्। 





  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार १३:५६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया