\
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपा दाहाल-नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गराएको छ। दाहाल-नेपाल समूहमा रहेका ४५ जना सांसदहरुको हस्ताक्षरसहित सांसद अरुण नेपालले पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।
अविश्वास प्रस्ताव दर्ता गराउने क्रममा सांसद नेपालले मुख्यमन्त्री पौडेलले जनभावना अनुसार काम गर्न असफल रहेको जिकिर गरेका छन्। प्रदेशसभा दर्ता अविश्वास प्रस्तावमाथि माघ १९ गतेको बैठकमा छलफल हुने कार्यसूची तय गरिएको छ।
पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको दाहाल-नेपाल समूहले भावी मुख्यमन्त्रीका रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेको छ। यो प्रदेशमा सरकार निर्माणका लागि निर्णायक प्रतिपक्षी दल नेपाली कांग्रेस अझै पनि अनिर्णित रहेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।