logo-img

प्रतिनिधिसभा विघटन व्यवस्था सिध्याउने प्रयास : बिडारी

राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले व्यवस्था सिध्याउने प्रयासस्वरुप प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले वर्तमान व्यवस्था सिध्याउने प्रयासस्वरुप प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाएका हुन् । 

प्रतिनिधि सभा नभएपछि संविधानको ५० प्रतिशत धाराहरु निष्क्रिय हुने भन्दै उनले सत्तामा भएका मान्छेलाई मिलाएर व्यवस्थाविरोधीले योजनाबद्ध रुपमा विघटन गराएको उनको भनाइ छ । संविधानमा ५ वर्षमा निर्वाचन गरिने व्यवस्था गरिएको भए पनि प्रधानमन्त्रीले अढाई वर्षमै निर्वाचन गर्ने हुकुमी शासन गरेको उनले बताए । वैशाखमा कुनै पनि हालतमा निर्वाचन नहुने उनको दाबी छ ।

त्यसैगरी कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले संसदमा कुनै पनि नीति, कार्यक्रम फेल नभएका प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको धारणा राखे । वैशाखमा निर्वाचन नभए प्रधानमन्त्रीको वैधानिकतामाथि नै प्रश्न उठ्ने तथा संविधानले समेत काम नगर्ने उनको भनाइ छ । प्रतिनिधिसभा पुनस्र्थापना आवश्यक रहेको उनले बताए । 



वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले जनतामा अभिमत लिन निर्वाचनमा जानुलाई निरंकुशता भन्न नमिल्ने धारणा राखे । नेपाली जनताको राष्ट्रिय सत्ता र सम्प्रभुतामा विश्वास गर्ने हो भने जनताको अभिमत लिने कुरा निरंकुशता नभएको उनको तर्क छ ।





  • प्रकाशित मिति : माघ १०, २०७७ शनिबार १७:४६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया