logo-img

‘ओ माई लर्ड’ लिएर आए आकाश

नवगायक आकाश मगरले आफ्नो डेब्यु गीत ‘ओ माई लर्ड’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।  यस गीतमा उनलाई गायिका  एलिना चौहानले स्वरमा साथ दिएकी छन्।  

अस्ट्रेलियामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक आकाश मगरले नै यस गीतलाई संगीतबद्ध गरेका हुन्। प्रेमिल शैलीको यस गीतलाई गायक मगर र दीपक पाठकले मिलेर लेखेका हुन्। गीतमा लिल रक लुकको संगीत संयोजन रहेको छ।

युवा युवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र जिवेश सिंह गुरुङ फिचर्ड छन्। रुपेश थापाले छायांकन गरेको यस भिडियोलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन्। बिजेश पौडेलले भिडियोलाई सम्पादन गरेका हुन्। जिवेश सिंह गुरुङको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो। कलेजेज नेपालको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

भिडियो 





  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार १४:३०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया