किन गरे आमिर खानले फोन नचलाउने निर्णय

बलिउड अभिनेता आमिर खानले मोबाइल फोन नचलाउने निर्णय गरेका छन् । उनले आफ्नो आगामी चलचित्र ‘लाल सिंह चढ्डा’मा कुनै पनि असर नगरोस् भनेर फोन नचलाउने निर्णय गरेका हुन् ।

आफ्ना हरेक फिल्मका हरेक भूमिकालाई उत्कृष्ट बनाउन ध्यान दिने आमिरले यस पटक मोबाइल नचलाउने भएका हुन् ।

उनले मोबाइल फोनले आफ्नो कामप्रतिको लगावलाई भंग गरेको बताएका छन् । फिल्म ‘लाल सिंह चढ्डा’मा काम गर्दाको समय कुनै पनि समय ध्यान भंग नहोस् भनेर यो फिल्मको काम नसकिँदासम्म मोबाइल नचलाउने भएका हुन् ।

आमिरको बहुप्रतीक्षित फिल्म आउँदो क्रिसमसमा रिलिज हुँदैछ । यो चलचित्रमार्फत् आमिर र करिना कपुर एक साथ देखिँदैछन् । अहिले यो फिल्म प्रोडक्सनको क्रममा छ ।





  • प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार १२:४७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया