logo-img

केकीको आँखामा कहिल्यै छुट्दैन गाजल

पछिल्लो पुस्ताकी रुचाइएकी अभिनेत्री हुन्, केकी अधिकारी । केकी बाहिर निस्कँदा होस् अथवा घरमा बस्दा आफूलाई कम्फटेबल हुने खालका पहिरन लगाउँछिन् । जिन्स र टप्स मन पराउने केकीलाई लुगा महंगो नै हुनु पर्छ भन्ने लाग्दैन । उनी कपडा किन्न भव्य सपिङ मल मात्रै उपयुक्त हो भन्ने पनि ठान्दिनन् । आफूलाई मन पर्ने कपडा देखिन् भने फुटपाथमै पनि किन्ने गर्छिन् ।

प्राय: सार्वजनिक कार्यक्रम, पार्टी तथा विवाह समारोहमा साडी वा गाउन लगाउने केकीलाई साडी मन पर्ने पहिरन हो । उनी आफैंलाई साडीमा खुलेको जस्तो लाग्छ । उनका नजिकका आफन्तले पनि साडीमा खुलेको सुन्दरताको तारिफ गरिरहेका हुन्छन् ।

पहिरनमा केकीलाई कालो र रातो कलर मन पर्छ । उनी कालो र रातोसँगै उज्यालो कलरका पहिरन बढी प्रयोग गर्छिन् ।



हेभी मेकअप त्यत्ति नरुचाउने केकी गाजल भने नछुटाइ लगाउँछिन् । उनी लोरेलको गाजल आँखामा लगाउँछिन् । दैनिक रुपमा बाहिर निस्कँदा सामान्य मेकअपमा निस्कने उनी इभेन्टहरुमा भने राम्रै मेकअप गर्छिन् ।

प्राय: कपाल छोडेर हिँड्ने केकी कपालको विशेष ख्याल गर्छिन् । फिल्ममा निर्वाह गर्ने भूमिका अनुसार हेयरस्टाइल पनि परिवर्तन गरिरहनु पर्ने भएकाले पनि उनी केशको विशेष ख्याल राख्छिन् । केशको स्याहारका लागि नियमित तेल लगाउँछिन् । स्याम्पु, कन्डिसनर र हेयर ट्रिटमेन्ट क्रिमको प्रयोग गर्छिन् ।

एसेसरिजमा भने केकी राम्रै खर्च गर्छिन् । हरेक पहिरनमा म्याच गरेर एसेसरिज लगाउने केकीलाई सुनका गहनामा भने रुची छैन । कतै जाँदा केकी एसेसरिजका कलेक्सननै बोकेर आउँछिन् ।





  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार १३:४४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया