सर्वोच्चको आदेशपछि रिहा भएका धर्मेन्द्र बाँस्तोला अदालत परिसरबाटै पुन: पक्राउ

काठमाडौं : गत पुस १९ गते ललितपुर र मकवानपुरको सीमाक्षेत्रबाट पक्राउ गरेका प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। 

सर्वोच्चको आदेशपछि रिहा भएका धर्मेन्द्र बास्तोलालाई प्रहरीले अदालत परिसरबाटै फेरि पक्राउ गरेको छ । पक्राउपछि उनलाई कमलपोखरी प्रहरी कार्यालय लगिएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले ललितपुर र मकवानपुरको सीमानाबाट पक्राउ गरेर हिरासतमा लिएको थियो। त्यसविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई न्यायाधीशहरू दीपक कुमार कार्की र सुष्मालता माथेमाको इजलासले रिहा गर्न आदेश दिएको हो।

बन्दीप्रत्यक्षीकरण अन्तर्गतको रिटमा उनी सर्वोच्चको आदेशपछि रिहा भएको जानकारी ललितपुर प्रहरी परिसरका एक अधिकृतले दिएका छन्। 



ललितपुरको दक्षिणी क्षेत्रमा चन्द समूहको गतिविधि बढेको थाहा पाएपछि प्रहरीले गस्ती बढाएको थियो। त्यही क्रममा पुस १९ मा भएको सर्च अप्रेशनका क्रममा बाँस्तोला समातिएका थिए।



  • प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार १९:३९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया