logo-img

भागरथी हत्या : पक्राउ परेका दिनेशले बाबुकै अगाडि बलात्कार स्वीकारे

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका किशोर दिनेश भट्टले बलात्कार पनि स्वीकारेका छन्। 

प्रहरीले बुधबार आरोपी किशोरलाई सार्वजनिक गर्दै उनले हत्या गरेको मात्रै स्वीकार गरेको बताएको थियो। तर बुधबार उनले बलात्कार गरेको स्वीकार नगरेको डिआइजी उत्तम राज सुवेदीले बताएका थिए। 

बिहीबार सरकारी वकिल कार्यालयमा आरोपी किशोरका बुवालाई समेत राखेर लिएको बयानमा उनले आफूले भागरथीलाई बलात्कार गरेको स्वीकारको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम राज सुवेदीले जानकारी दिए।



'प्रहरीले प्रारम्भिक अनुसन्धानमै किशोरीको बलात्कार गरि हत्या भएको पाइएको थियो', उनले भने, 'आज उनले सरकारी वकिलसँगको बयानमै बलात्कार गरेको स्वीकारेका छन्।’

डिआइजी सुवेदीका अनुसार पुरानो पारिवारिक विवादका कारण आफूमा बदलाको भावना रहेकाले भागरथीको बलात्कारपछि हत्या गरेको उनले बयान दिएका छन्। 
बुधबारसम्म ती किशोरले भागरथीका आफन्तसँग पनि आफूले हत्या गरेको तर बलात्कार नगरेको बताएका थिए। बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले त्यही गाउँका १६ वर्षीय किशोरलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको थियो। 

तर भागरथीका आफन्तले छोरीको हत्यामा उनी मात्रै संलग्न रहेको कुरा पत्याउन नसकिने भन्दै अझैसम्म पनि शव बुझ्न मानेका छैनन्।





  • प्रकाशित मिति : फागुन ६, २०७७ बिहीबार २२:९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया