उपराष्ट्रपति र सभामुखको 'शपथग्रहण बंक'मा सूर्य थापाको प्रश्नै प्रश्न !

प्रदेश २ का प्रदेश प्रमुखको शपथग्रहणमा उपराष्ट्रपति नन्दकिशोर पुन र सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि उनीहरुको भूमिकामाथि प्रश्न उठेको छ । 

यसै विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उपराष्ट्रपति पुन र सभामुख सापकोटाको भूमिकामाथि सामाजिक सञ्जालमार्फत प्रश्नहरु उठाएका छन् । 

थापाले अस्पताल भर्ना भएको वा उपस्थित हुन नसक्ने गरी गम्भीर स्वास्थ्य समस्यामा रहेको अवस्थामा पूर्व जानकारी गराएर बाहेक उपराष्ट्रपति र सभामुखको पदीय जिम्मेवारी एवं कर्तव्य स्वेच्छिक नहुने भएकाले उनीहरुको अनुपस्थिति गैरजिम्मेवार कदम भएकाे बताएका छन् । 
 
थापा लेख्छन्, 'उपराष्ट्रपति नै राष्ट्रपति भवनमा आयोजित शपथग्रहण समारोहमा उपस्थित नहुनु र राष्ट्रपतिले संविधानबमोजिम लिनुभएको निर्णयमा व्यक्तिगत कुण्ठा र बकवास गर्दै (पत्रकार महासंघको महाधिवेशन उद्घाटनका अवसरको प्रचण्डपथीय मन्तव्य) हिँड्नु झन् गैरजिम्मेवारी हो ।'

सार्वजनिक रुपमा विवादित हुनेगरी नबोल्ने सम्मानित पदमा बसेर गैरजिम्मेवार बन्न त किमार्थ पनि नमिल्ने थापाको भनाइ छ । यसअघि सरकारका विभिन्न तहमा नेतृत्व गरेको पूर्वहरुकै रवैयामा उपराष्ट्रपति र सभामुख हिँडेको थापाको आरोप छ । 

थापाले सोधेका छन्, 'गरिमामय पदमा आसिन हुने तर उक्त पदलाई  विपक्षी बनाएर दायर रिटमा पक्षमा बहस गर्न वकिल पठाउने, बोलाइएको बैठकमा उपस्थित नहुने, निर्णय गर्न अवरोध र अर्घेल्याइँ गर्ने, निर्णयविरुद्ध न्यायालयमा स्वयं रिट लिएर जाने, सपथग्रहण समारोह बहिस्कार गर्ने, अनि पदीय मर्यादा र गरिमाको खिल्ली उडाएर नै राज्यका प्रमुख पदाधिकारीको स्थानमा बसिरहने र टाँस्सिइरहने ?' 

थापाको थप प्रश्न छ, 'सरकारविरुद्ध विभिन्न अनुचित भेटघाट, गोप्य र रहस्यमय बैठकहरू आआफ्ना निवासमा आयोजना गरिरहने, यो के रवैया हो ? राज्यका प्राप्त पद र हैसियत धान्न आवश्यक योग्यता, क्षमता, हैसियत, जवाफदेहिता र जिम्मेवारीबोधको कमी, अभाव र हैसियतको दुरुपयोगको समस्या नै देखिएको हो कि यो खासमा के हो ?'



अस्पताल भर्ना भएकाे वा उपस्थित हुन नसक्ने गरी गंभीर स्वास्थ्य समस्यामा रहेकाे अवस्थामा पूर्व जानकारी गराएर बाहेक...

Posted by Surya Thapa on Friday, February 19, 2021


  • प्रकाशित मिति : फागुन ८, २०७७ शनिबार ८:५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया