logo-img

ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : पूर्वमन्त्री विष्ट

पूर्वमन्त्री एवम् प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी ‍(नेकपा) नेता गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । 

शनिबार नेपाल कम्युनिस्ट पार्टी नेकपा गुल्मीले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ओली अब एक मिनेट पनि सत्तामा बस्न लायक नरहेको टिप्पणी गरे । 

पूर्वमन्त्री विष्टले प्रचण्डले प्रधानमन्त्री बन्न चाहेको भए ओलीसँगको पूर्वसहमतिअनुसार प्रधानमन्त्री बनिसक्ने बताए । प्रचण्डले अहिले प्रधानमन्त्री बन्न नचाहेको उनको दाबी थियो । 





  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार १९:२७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया