logo-img

ओलीसँगको एकता किन सम्भव देख्दैनन् माधवकुमार नेपाल ?

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले बदर गरिदिएपछि फेरि नेकपामा एकता हुनसक्ने अनुमान आएका छन् । 

नेकपामा ओली समूहका केही नेता र प्रचण्ड–माधव समूहका केही नेताले यस्तो एकता हुन पनि सक्ने बताउन थालेका छन् । 

तर, यो के सम्भव छ त ? 



नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपाल भने यसलाई असम्भव देख्छन् । शनिबार एक कार्यक्रममा उनले ओलीसँग एकता हुने कुनै सम्भावना नै नरहेको बताएका छन् ।

बरु उनले ओली प्रवृत्तिविरुद्ध आन्दोलनमा सहभागी भएका शक्तिहरुबीच सहकार्य हुनसक्ने र त्यसलाई लिएर अगाडि बढ्न सकिने सम्भावना रहेको बताएका छन् । 

आफ्नो समूहसँग नजिक शिक्षकहरुको राष्ट्रिय भेलामा नेपालले यस्तो बताएका हुन् । ‘ओलीसँग एकता हुने सम्भावना कुनै छैन,’ कार्यक्रममा उनले भने, ‘केपी ओलीका मानिसहरुले आँखामा बाम लगाएर अहिले आँसु निकालेका छन् । त्यसको कुनै अर्थ छैन । उनीहरु बाहिर आँसु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन् ।’



यसरी मानिसहरुलाई मुर्ख बनाएर केपी ओलीले पठाउने गरेको उनले बताएका छन् । 

उनले केपी ओलीलाई सुधार्ने कोशिस गर्नु भनेको बालुवामा पानी हाल्नु भएको भन्दै त्यस्तो कोशिस वा प्रयास पनि नभएको बताएका छन् ।



  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार २१:३९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया