logo-img

भागरथी हत्या प्रकरण : आरोपितको डिएनए परीक्षणका लागि काठमाडौं पठाइयो

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दिनेश भट्टको डिएनए परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

आइतबार डिएनए परीक्षणका लागि रगत लगायतका आवश्यक वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

डिएनए परीक्षणबाट अनुसन्धानबाट आवश्यक परेका थप कुराको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।



यसअघि भागरथीको भेजाइनल स्वाब पनि प्रयोगशाला पठाइएको थियो । तर, परीक्षण रिपोर्ट भने अझै आएको छैन । गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ

घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा शव फेला परेका थियो । त्यसपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गत फागुन ५ गते प्रहरीले दिनेशलाई सार्वजनिक गरेको थियो ।
 





  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार १८:९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया