logo-img

प्रवीण बाँस्तोला मृत्यु प्रकरण : घरधनी गिरि पक्राउ
फाइल तस्बिर

मोरङ उर्लाबारीका प्रवीण बाँस्तोलाको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरधनी रमेश गिरिलाई उर्लाबारीबाट पक्राउ गरेको हो । 

मृत्यु भएको रात उर्लाबारी नगरपालिका–६ का रमेश गिरिको घरमा रहेको साथीको डेरामा प्रवीण ​सुतेको प्रहरीले जनाएको छ ।

उर्लाबारी–५ घर भएका प्रवीणको हत्या आरोपी गिरिलाई आइतबार पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले जानकारी दिए । 

बाँस्तोलाको गत पुस ५ गते मृत्यु भएको थियो । तर, उनको मृत्यु नभइ हत्या भएको दावीसहित बहिनी सदिक्षा बाँस्तोलासहितले आन्दोलन चर्काएपछि प्रहरीले गम्भीर अनुसन्धान थालेको थियो ।

प्रहरीले अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिलको कार्यालयले बाँस्तोलाका साथीहरु उर्लाबारी नगरपालिका–६ का ३२ वर्षीय राजेश रणपहेंली, रतुवामाई नगरपालिका–१० का २९ वर्षीय रिकेश शिवा उपनामका मेहरमान दर्जी, उर्लाबारी नगरपालिका–६ का १९ वर्षीय सुदीप परियार, उर्लाबारी नगरपालिका–६ का ६० वर्षीय रमेश गिरि, उर्लाबारी–९ का ३४ वर्षीय कुमार राई र झापाको गौरादह नगरपालिका–९ का ३१ वर्षीय दिपेश पौडेलविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।

यसअघि, प्रवीणको हत्या अभियोगमा पक्राउ परेकामध्ये मोरङकै रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी जेल चलान भएका छन् । उनीसँगै पक्राउ परेका उर्लाबारी नगरपालिका–९ निवासी ३४ वर्षीय कुमार राईलाई जिल्ला अदालत मोरङले ३ लाख धरौटीमा रिहा गरेको छ ।





  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार ९:४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया